Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

अनुसन्धानमा सघाएकाले अहिले नै खाणलाई निलम्बन गर्नुपर्ने आवश्यकता नरहेको संस्थापन पक्षधरको भनाइ


काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षका नेताहरूले आरोप पुष्टि भइनसकेको र अनुसन्धानमा सघाइरहेकाले नकली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा कांग्रेस केन्द्रीय समिति सदस्य बालकृष्ण खाणलाई निलम्बन गर्न आवश्यक नरहेको बताएका छन् ।

कांग्रेसका पदाधिकारी बैठक बिहीबार पनि बस्ने भएको छ ।

दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा पदाधिकारी बैठक बस्न लागेको हो ।

पार्टीको विभाग र भ्रातृ संस्थालाई पूर्णता दिन आवश्यक छलफलका लागि यो बैठक बोलाइएको हो ।

यसअघि बुधबार बेलुकी पनि बस्को पदाधिकारी बैठकमा पक्राउ परेका पार्टी नेता खाणलाई निलम्बन गर्ने विषयमा कुरा उठेको थियो ।

बैठकमा खाणलाई निलम्बन गर्नेबारे महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्ताव राखेका थिए । उनीहरूको प्रस्तावमा छलफल भएपनि निर्णय नभएको बैठकमा सहभागी नेताहरूको भनाइ रहेको छ।

अहिले आरोप पुष्टि नभइसकेको र खाणले प्रहरी अनुसन्धानमा सघाइरहेका कारण उनलाई तत्काल निलम्बन गर्न आवश्यक नरहेको पार्टीका प्रवक्ता प्रकाशशरण महतले धारणा सार्वजनिक गरेका हुन् ।

खाणबारे बिहीबारको बैठकमा छलफल नहुने पूर्वनिर्धारित विषयमा छलफल हुने पार्टी नेताहरूको भनाइ रहेको छ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट