Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नक्कली शरणार्थी प्रकरण : प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउँदै


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले आज सरकारी वकिल कार्यालयमा बुझाउँदै छ ।

यो प्रकरणमा संलग्नलाई राज्यविरुद्धको अपराधसहित संगठित अपराध र ठगी गरी कम्तीमा तीन वटा मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ  ।

यस्तै, चार उच्च पदस्थ पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईमाथि राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन सिफारिस गरिएको छ ।

महत्वपूर्ण र अति संवेदनशील जिम्मेवारीमा रहेका व्यक्तिकै संलग्नतामा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रपञ्च रचिएको भन्दै उनीहरुलाई राज्यविरुद्धको अपराधमा मुद्दा चलाउनु पर्ने प्रहरीको निष्कर्ष छ ।

यस्तै, भुटानी शरणार्थीसमेत रहेका अधिकारवादी नेता टेकनाथ रिजाललाई ठगी र संगठितबाहेक राज्यविरुद्धको कसुरमै मुद्दा चलाउन सिफारिस गरिएको छ ।

रिजालले शरण लिएर बसेको देशविरुद्ध अपराध गरेको प्रतिवेदनमा उल्लेख छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट