Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रम निरन्तर हुन्छः सञ्चार मन्त्रालय


काठमाडौं, १० जेठ । सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माको सचिवालयले लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रम निरन्तर हुने जनाएको छ ।

बुधबार मन्त्रालयका सञ्चार विज्ञ नरेन्द्र केसीले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘चालु आर्थिक वर्षको विनियोजित रकम अपुग हुन गएकाले यसका लाथि थप रकमको व्यवस्था गरिने र आगमी दिनमा लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रम निरन्तर हुने मन्त्रीज्यूले स्पष्ट गरिसक्नुभएको व्यहोरा सम्बद्ध सबैमा अनुरोध गर्न चाहन्छु ।’

हिजो मंगलबार नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको ज्ञापनपत्र बुझ्दै मन्त्री शर्माले लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको कुनै नीति नरहेको र नरोकिने प्रतिवद्धता जनाएकी थिइन् ।

यसअघि विज्ञान बोर्डले रकम अभावको कारण देखाउँदै यही जेठ १५ बाट लोककल्याणकारी विज्ञापनवापतको रकम उपलब्ध नगराउने निर्णय गरेको थियो । यसकाविरुद्ध नेपाल पत्रकार महासंघ आन्दोलित बन्दै विज्ञान बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँको कार्यकक्षमा तालाबन्दीसमेत गरेको थियो ।

पत्रकारहरुले विज्ञान बोर्ड खारेजीको मागसमेत गरेका थिए ।

सरकारको यो भनाईसँग पत्रकार महासंघ उपत्यका प्रदेश समितिले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने तयारी गरेको छ ।

लोककल्याकारी विज्ञापन कटौतीको सूचना कसरी गयो मलाई नै थाहा छैनः मन्त्री शर्मा

 


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट