Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

गर्मी बढेपछि जनकपुरधामका विद्यालयमा आठ दिन बिदा


जनकपुरधाम, १९ जेठ । गर्मी बढेपछि धनुषास्थित जनकपुरधाम उपमहानगरपालिकाले आठ दिनको लागि बिदा दिएको छ । तराई मधेशमा तीन दिनदेखि गर्मी बढेपछि धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिकाले नगर मातहतका सामुदायिक तथा संस्थागत विद्यालयमा आठ दिनका लागि बिदा दिने निर्णय गरेको हो ।

जेठ १८ गते बिहीबार उपमहानगरपालिकामा बसेको बैठकले सो निर्णय गरेको हो । अत्याधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकुल असरलाई मध्येनजर गर्दै उपमहानगरले जेठ १९ गतेदेखि २६ गतेसम्म आठ दिनसम्म सामुदायिक तथा संस्थागत विद्यालयमा आकस्मिक गर्मी बिदा दिने निर्णय गरेको उपमहानगरले जारी गरेको सूचनामा उल्लेख छ ।

उपमहानगरले विद्यालयको वर्षे बिदाबाट कट्टा हुने गरी जम्मा ८ दिन गर्मी बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ ।

उपमहानगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन कार्यबाहेक प्रशासनिक काम हुने गरी विद्यालयमा बिदा दिइएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशीले जानकारी दिए ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश
ट्याग : #garmi, #janakpur

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट