Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बुटवलको तामनगरमा मोटरसाइकल र बस ठोक्किँदा दुई जनाको मृत्यु


काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ तामनगरमा हिजो बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।

बुटवलबाट कपिलवस्तु जाँदै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवल आउँदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल तामनगरको कोरियन टेक्निकल कलेज नजिक ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा गुल्मी मालिका गाउँपालिका–४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका–८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थीको ज्यान गएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अमृत भण्डारीले जानकारी दिए।

दुर्घटनामा परि घाइते दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा ज्यान गएको हो । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट