Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

जिसस स्याङ्जाको गाडी दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते


स्याङ्जा, २५ जेठ । गाडी दुर्घटना हुँदा स्याङ्जामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

जिल्लाको अर्जुनचौपारी गाउँपालिका ३ खोलेमा जिल्ला समन्वय समिति स्याङ्जाको गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। मृत्यु हुने सवारी चालक वालिङ ४ एलादीका ३५ वर्षीय अमृत खनाल रहेका छन्।

स्याङ्जाको सिरुवारीबाट स्याङ्जा सदरमुकामतर्फ फर्कँदै गरेको बा१झ ५८७८ नम्बरको गाडीमा सवार अन्य ३ जना घाइते भएका हुन्। दुर्घटनामा परी जिल्ला समन्वय अधिकारी राजेन्द्र पौडेल, विद्युत् कार्यालय स्याङ्जाका सुपरभाइजर टीकाराम पौडेल र अम्बिका पौडेल घाइते भएका छन्।

गाडी सडकबाट तल खसेर दुर्घटना भएको हो। दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।


क्याटेगोरी : समाचार, गण्डकी प्रदेश
ट्याग : #accident, #syangja

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट