Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सूर्यविनायकका स्वास्थ्यकर्मी पाँच महिनादेखि तलवविहीन


भक्तपुर, २५ जेठ । भक्तपुरको सूर्यविनायकमा स्वास्थ्यकर्मी पाँच महिनादेखि तलवविहीन छन्।

सूर्यविनायक नगरपालिकाभित्रका स्वास्थ्य शाखाका कर्मचारी, नगरपालिकाभित्र सञ्चालित विभिन्न स्वास्थ्यचौकी, उपस्वास्थ्य चौकी, नगर अस्पताल र सहरी स्वास्थ्य संस्थाका कार्यरत एक सयभन्दा बढी स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलव पाएका छैनन्।

चालु आर्थिक वर्षका लागि सरकारले पठाएको बजेट अपुग भएपछि नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले तलव नपाएको नगरपालिका स्वास्थ्य शाखाका प्रमुख वसन्त चापागाईले जानकारी दिए।

स्वास्थ्यकर्मीले गत माघ महिनादेखि नेपाल सरकारका करिब ७० स्वास्थ्य शाखाका कर्मचारी एवं स्वास्थ्यकर्मीले तलव नपाउँदा पनि स्वास्थ्य सेवामा कुनै गुनासो आउन नदिने गरी काम गरिरहेको उनले बताए। नगरपालिकाले करारमा नियुक्त गरेका स्वास्थ्यकर्मीले भने नियमित तलव पाइरहेका छन्।

ुएउटै कार्यालयमा नगरपालिकाले करारमा नियुक्त गरेका कर्मचारी एवं स्वास्थ्यकर्मीले नियमित तलव पाइरहने तर नेपाल सरकारको तर्फबाट तलव खाने स्वास्थ्यकर्मी भने पाँच महिनादेखि तलव नपाउँदा कर्मचारीको घर व्यवहारमै समस्या परेको छ,ु चापागाइँले भने।

एउटै शाखामा काम गर्ने नगरपालिकाले नियुक्त गरेका कर्मचारीले नियमित तलव पाउने र सरकारका कर्मचारीले तलव नपाउँदा उनीहरुलाई समस्या भएको छ । यहाँका कर्मचारीका लागि मासिक करिब ४५ लाख तलवमा खर्च हुने गरेको लेखा शाखाले जनाएको छ ।

नगरपालिकाको लेखा शाखाले भने बजेट सकियो भनेर सरकारले थप रकम नपठाएका कारण तलव खुवाउन नसकेको जानकारी दिएको छ। नगरपालिका लेखापाल महेश भट्टराईले सरकारबाट रकम नआएका कारण तलव खुवाउन नसकेको बताए।

तलव खुवाउनु बाँकी रकमको माग गर्दै स्वास्थ्य मन्त्रालयमा पत्राचार गरिरहेको जानकारी दिँदै उनले तलवका लागि रकम निकासा भएर नआउँदा तलव खुवाउन नसकेको बताए।

 


क्याटेगोरी : समाचार, स्वास्थ्य, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट