Techie IT
  • २० फागुन २०८०, आईतबार
Jhilko

विश्वभर विस्थापित हुनेहरुको सङ्ख्या ११ करोड नाघ्यो : यूनएचसीआर


विश्वभर विस्थापित हुने मानिसको सङ्ख्या ११ करोड जना नाघेको छ । युक्रेन र सुुडान युद्धका कारण लाखौँ मानिसले घर छोड्नुपर्ने अवस्था आएसँगै विश्वभर विस्थापितहरुको सङ्ख्या ११ करोड नाघेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

राष्ट्रसङ्घको शरणार्थी सम्बन्धी उच्च आयोग (यूनएचसीआर) ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गएको वर्षमात्रै विश्वभर एक करोड ९० लाख मानिस विस्थापित भएका छन् । जेनेभामा आज आयोजित पत्रकार सम्मेलनमा राष्ट्र सङ्घका शरणार्थी मामिला प्रमुख फिलिप्पो ग्रान्डीले यो तथ्याङ्क निकै ठूलो भएको बताएका रोयटर्सले जनाएको छ ।

ग्रान्डीले जबरजस्ती विस्थापितका लागि बाध्य पारिनु निन्दनीय रहेको पनि बताएका छन् । विस्थापितमध्ये ३७ दशमलव ५ प्रतिशत अरु देशमा शरण लिन पुगेका प्रतिवेदनमा उल्लेख छ । शरणार्थीको सङ्ख्या बढेसँगै युरोपमा देशहरुले कडा नियम ल्याउन थालेका छन् ।

राष्ट्रसङ्घका शरणार्थी मामिला प्रमुख ग्रान्डीले शरणार्थी सम्बन्धी सन्धिमा हस्ताक्षर गरेका देशहरु नै त्यसको पालनामा पछि हट्ने क्रम बढेको भन्दै चिन्ता व्यक्त गरे ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट