Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पाँचथरको याङ्वरक गाउँपालिकामा पहिरोमा फसेका १२ जनाको हेलिकप्टरबाट उद्धार


पाँचथर, ४ असार । पाँचथरको याङ्वरक गाउँपालिका–१ फेदी गाउँमा पहिरोमा फसेका तीन घरका १२ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

उनीहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी याङवरक १ च्याङथापुमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनीहरुलाई च्याङथापुमा रहेको विष्णु माध्यमिक विद्यालयमा राखिएको याङ्वरक गाउँपालिकाकी उपाध्यक्ष बाबा मेन्याङबाले जानकारी दिए ।

शनिवारदेखि परेको अविरल वर्षाका कारण फेदीगाउँ बस्तीनजिकै माथिबाट पहिरो बग्न थालेपछि जोखिम बढेको हो ।


क्याटेगोरी : पालिका, समाचार, कोशी प्रदेश
ट्याग : #flood, #landslide, #monssoon

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट