Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

याद रहोस्, माओवादीको शक्तिबिना केपी ओलीको सिंहदरबारको यात्रा कठिन छः जनार्दन शर्मा


काडमाडौं, २६ जेठ । नेकपा (माओवादी केन्द्र)का सांसद तथा निर्वतमान अर्थमन्त्री जर्नादन शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बजेट माथिको छलफलमा बोल्दै उनले माओवादीको सहयोगबिना ओली प्रधानमन्त्री बन्ने कल्पना समेत गर्न नसक्ने बताए ।

संविधान संघीयता धर्मनिरपेक्षता समावेशिता र समानुपातिक जस्ता मुद्धा माओवादीका विरासत भएको पनि उनले दाबी गरे ।

“संविधान संघीयता धर्मनिरपेक्षता समावेशिता र समानुपातिक जस्ता मुद्धा माओवादीका विरासत हुन्,” उनले भने, “यसकै बलमा केपी ओलीलाई दुई तिहाइको प्रधानमन्त्री बनाउन पार्टीगत समूहगत र व्यक्तिगत रूपमा योगदान पुर्याएका हैनौं र याद रहोस् , माओवादीको शक्तिबिना तपाईंको सिंहदरबार यात्रा कठिन छ र भइरहने छ । गत मंसिरको निर्वाचनमा तपाईको एकल एजेन्डा अनुमोदन नभएको र शक्तिको व्यापक क्षयिकरण भएको कुरा याद रहोस् ।”

उनले नेपालको राजनीतिक इतिहास माओवादीविना अपूरो हुन्छ भन्दै उनले माओवादी पार्टीका आफ्नै विशेषता भएको र कमी पनि भएको स्वीकार गरे । उनले ओलीलाई माओवादी चुम्बक भएको र एमाले धातु भएको भन्दै धातुमा चुम्बक टाँसिन नजाने र चुम्बकै धातु टाँसिन आउनुपर्ने बताए ।


क्याटेगोरी : संसद
ट्याग : #janardan sharma

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट