Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बजेटकै कारण सरकार ढल्दैनः माधव सापकोटा


काठमाडौँ, २८ जेठ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले बजेटकै कारण सरकार नढल्ने बताएका छन् ।

सत्तारुढ दलहरुले नै बजेटको विरोध गरिरहेका बेला उनले सोही कारण सरकार नढल्ने प्रतिक्रिया दिएका हुन् । आईतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद सापकोटाले बजेटको विषयलाई लिएर सत्तारुढ गठबन्धन भित्र केही गुनासो भएको र त्यसलाई सम्बोधन गरेर अघि बढने बताए ।

उनले भने, ‘आपसी संवादका माध्यमबाट भारतसँग हाम्रा असमझदारीका कुराहरु हल गरिनु पर्छ । समाधान गरेर जानु पर्छ । भारतले जे ग¥यो, त्यो गलत नै गरेको छ । आजको विश्व प्रतिस्पर्धामा त्यसलाई विचार गरेर, वरपरका सबै छिमेकीहरुलाई विश्वासमा लिएर जाने गरी विशाल हृदयका साथ भारत अगाडि बढनु पर्छ । सरकार ढल्दैन । बजेट र त्यसमा पनि विनियोजनको बारेमा सत्ता गठबन्धनभित्र केही गुनासोहरुको विषय छलफलमा छ । मलाइ लाग्छ, यो बैठकमा अन्तिमसम्म जाँदाखेरी गठबन्धन भित्र छलफल गरेर यसको हल हुन्छ । ’


क्याटेगोरी : संसद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट