Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पहिलो अन्तरिक्ष यात्री युरी गागरीनको मृत्यु


२७ मार्च १९६८को चिसो बिहानीमा रुसको भ्लादिमिर क्षेत्रको किर्झाचको तल्लो खैरो आकाशलाई इन्जिनको गर्जनले छेडेको थियो । दुई सिट भएको जेट फाइटर वर्षाको बादलबाट खस्यो । रूखका टुप्पाहरू काटेर ठूलो गतिमा जमिनमा ठोक्नु अघि उडान बिग्रियो । त्यसपछि विस्फोट भयो । फ्लाइट ज्याकेटको टुक्रा बर्च रूखमा झुण्डिएको थियो । खल्तीमा प्रयोग नगरिएको खाजाको कुपन थियो । जसमा लेखिएको थियो ‘गागारिन यू ए’

निस्सन्देह त्यतिखेर पृथ्वीमा सबैभन्दा प्रसिद्ध व्यक्तिको मृत्यु भएको थियो । एक अन्तर्राष्ट्रिय मान्यता प्राप्त नायक । सोभियत युवाको मूर्ति । अन्तरिक्षमा जाने पहिलो व्यक्ति। दुर्घटनाको अन्तरविभागीय अनुसन्धानको नतिजाको २९ खण्डहरूमा संकलन गरिएको थियो र यसको अन्तिम निर्णय अधिकारीहरूले वर्गीकृत गरेका थिए । युरी गागारिनको मृत्यु कसरी भयो?

उनको जीवनीमा पहिलो अन्तरिक्ष यात्रीको बारेमा लेखिएको छ । केटाको रूपमा चित्रण गरिएको अंशमा लेखिएको छ । एउटा सानो मध्य रूसी शहरबाट सिकर्मी र डेरीमेडको तेस्रो सन्तानको रूपमा गागरीन जन्मेका थिए । दोस्रो विश्वयुद्धको दौरान उनी र उनको परिवारलाई नाजीहरूको कब्जामा बस्नु परेको थियो । उनका आमाबाबुले एडोल्फ हिटलरका मानिसहरूसँग सहकार्य गरेनन्, न त उनीहरू पक्षपातपूर्ण गतिविधिहरूमा संलग्न नै भए । तिनीहरू केवल बाँचेका थिए।

दोस्रो विश्वयुद्ध पछि, युरीको परिवार उनी छैठौं कक्षा पूरा गरेपछि मस्कोमा स¥यो र उनी एक व्यावसायिक विद्यालयमा प्रवेश गरे। उनले खाका बनाउने काम ‘मोल्ड मेकरको’काम सिक्न थाले । कोमसोमोल युवा संगठनमा सामेल भए । आधारभूत पेशामा सिद्धहस्त भइसकेपछि गागारिनले सेराटोभको औद्योगिक कलेजमा प्रवेश गरे। जहाँ उनी आफ्नो एथलेटिक क्षमता र चरित्रका लागि परिचित भए ।

चाँडै, उनले हवाई जहाज उडानमा चासो लिए । एक क्षेत्र जसमा सोभियत संघले ठूलो लोकप्रियता हासिल गरेको थियो ।यसो हुनुमा रुसी सत्ता प्रमुख जोसेफ स्टालिनले यसको विकासमा ठूलो जोड दिएका थिए । गागारिन सोभियत रक्षा र खेल संगठनको एयरोक्लबमा सामेल भए । २१ वर्षको उमेरमा याक१८ प्रशिक्षण विमानमा आफ्नो पहिलो स्वतन्त्र उडान गरे।यसमा युरीले एरो क्लबमा १९६ उडानहरू पूरा गरे । उनको यो समय ४२ घन्टा २३ मिनेटको उडान थियो ।

त्यही वर्ष, गागारिनलाई सेनामा भर्ना गरियो । सहायक प्लाटुन कमाण्डरको रूपमा नियुक्त गरिएको थियो ।सबै हवाई चालक विषयहरूमा उत्कृष्ट विद्यार्थी दरिए । केवल अवतरण एक समस्या थियो । यो छोटो पाइलटहरूको लागि सामान्य कुरो थियो । उनले १९५७मा उत्कृष्ट अंकको साथ स्नातक गरे । उत्तरी फ्लीटमा सेवा गर्न पठाइयो । त्यहाँ उनले मिग– फिफ्टिन लडाकु विमान उडाए।

बलियो शारीरिक र राजनीतिक प्रशिक्षणको साथ लडाईको उत्कृष्ट विद्यार्थीको रूपमा उनले अप्रिल १९६०मा अन्तरिक्ष यात्री टोलीको २० व्यक्तिहरूको समूहमा छानिन पुगे ।
अमेरिकासँगको अन्तरिक्ष दौडमा सोभियत संघको अन्तरिक्ष कार्यक्रम थियो ।

ख्रुशचेभले गागारिनलाई सुपरस्टार बनाएका थिए। तर संसारमा सबैभन्दा प्रसिद्ध व्यक्ति बन्नु अघि यूरी व्यावहारिक रूपमा हराएका थिए । शीत युद्धको वातावरणमा सोभियत संघले सार्वजनिक असफलताको मौका पनि वहन गर्न चाहेको थिएन् । त्यसैले अप्रिल १२, १९६१मा रकेटको प्रक्षेपण कठोर गोप्यनीयताका साथ गरिएको थियो। युरीकी श्रीमती र छोरीहरूलाई पनि उडानको बारेमा थाहा थिएन। प्रक्षेपण अघि तिनीहरूलाई लेखिएको विदाई पत्र धेरै वर्ष पछि गागरिनकोे वास्तविक मृत्यु पछि मात्र प्रकाशित भएको थियो ।
जब यो उडान सफल भयो र अन्तरिक्ष यात्री जिउँदो फर्किए लगत्तै उत्सव र स्वागतको करिब एक अन्तहीन शृंखला सुरु भयो । अवतरण स्थलमा गागारिनलाई केही हदसम्म विडम्बनापूर्ण भर्जिन ल्यान्ड्सको विकासको लागि’ पदक प्रदान गरियो। एङ्गेल्स शहरको एयरफिल्डमा, उनलाई सोभियत सरकारबाट बधाई टेलिग्राम दिइएको थियो। वायुसेना कमाण्ड र पत्रकारहरू केही दिन पछि त्यहाँ पुगेका थिए ।
तास समाचार संस्थाले सारा संसारलाई पहिलो मानव अन्तरिक्ष उडान सोभियत नागरिक गागारिनले पूरा गरी फर्केको घोषणा गरेको थियो । त्यस पछि उनलाई भोल्गाको कुइबिशेभको सरकारी दाचामा लगियो र केही घण्टा पछि, कोरोलेभको नेतृत्वमा डिजाइनरहरू र कार्यक्रम प्रबन्धकहरू आइपुगे र साँझ नौ बजे उत्सव मनाउन बसेका थिए।
एक दिन पछि, अन्तरिक्ष यात्री मस्कोमा ख्रुश्चेभलाई भेटे । रक्षा मन्त्री रोडियन मालिनोभस्कीबाट वरिष्ठ लेफ्टिनेन्टबाट मेजरमा बढुवा भए ।
रेड स्क्वायरमा आयोजित कार्यक्रममा सोभियत संघका नायक र अन्तरिक्ष यात्रीको उपाधिबाट सम्मानित भए ।
जुलुस तीन घण्टासम्म चल्यो र क्रेमलिनको भित्री हलहरूमा अर्को निजी भेला अर्को तीनसम्म चल्यो । अर्को दिन विदेशी प्रेसका लागि पत्रकार सम्मेलन गर्ने कार्यक्रम थियो।
उनी अन्तर्राष्ट्रिय क्षेत्रमा ख्रुश्चेभको मुख्य जनसंपर्क उपकरण बने । उडान पछिको पाँच दिनको मेडिकल परीक्षणको क्रममा रहनु परेको थियो । प्राभ्दा पत्रिकाका दुई संवाददाताहरूलाई अन्तरिक्ष यात्रीलाई आत्मकथा लेख्ने जिम्मा दिइएको थियो । ‘द रोड टु स्पेस’। अप्रिल २८ मा उडानको दुई हप्तापछि चेकोस्लोभाकिया गए । त्यहाँबाट उनको विश्व यात्रा सुरु भएको थियो । मे महिनामा बुल्गेरिया , जुनमा फिनल्याण्ड; र जुलाईमा, युके पुगेका थिए ।

१५ जुलाईमा मस्को फर्के र २० जुलाईमाा पोल्यान्ड गएका थिए । नाजी आक्रमणकारीहरूबाट देशको स्वतन्त्रताको १७औँ वार्षिकोत्सव मनाएर २२ जुलाईको साँझ मस्को फर्केका युरी एटलान्टिक पारका देशहरूको भ्रमणमा निस्केका थिए ।
आइसल्याण्ड, क्यानाडा र क्युबा पुगे । फिडेल क्यास्ट्रोको स्वागत पछि, ब्राजिल , हंगेरीमा सम्मानित भए । नोभेम्बरमा, भारत र श्रीलंकामा; र डिसेम्बरमा, अफगानिस्तानमा पुगेका थिए ।
यो धेरै लामो समय सम्म इजिप्ट, लिबिया, घाना, लाइबेरिया, ग्रीस, साइप्रस, अस्ट्रिया, जापान; फेरि फिनल्याण्ड, डेनमार्क र फ्रान्स; फेरि क्युबा, मेक्सिको र पूर्वी जर्मनी; र अक्टोबर १९६३ मा संयुक्त राष्ट्र महासचिवको निमन्त्रणामा उनले अमेरिकाको भ्रमण गरे। त्यसपछि स्वीडेन, नर्वे, र फेरि, फ्रान्सको भ्रमणमा गए ।

उनको बानी फेरिँदै गयो । ग्यागरिनको नाम बिस्तारै विश्व मिडियाको पहिलो पृष्ठबाट हराउन थाल्यो । पिउने बानी लाग्यो सिकेको काम बिर्सिन पुगे । उनलाई राजीनामा दिन पर्ने भयो । प्रसिद्धिको शिखरमा पुगेका ३० वर्षीय कर्णेललाई सामान्य जीवनमा बाँच्नु पर्ने भयो ।

उसको भ्रमणको वर्षहरूमा उनले लडाकु पाइलट हुन योग्यता गुमाएको थियो । पुनः प्रशिक्षित गर्न आवश्यक थियो। यस प्रक्रियाको एक भागको रूपमा, मार्च २७, १९६८ मा एक नियमित उडान भयो। युरी विमानसँग परिचित थिए । एक प्रशिक्षक र थप इन्धन ट्याङ्कीको लागि जोडी ककपिटको साथ मिग–वानको प्रशिक्षण परिमार्जन गरिएको थियो । प्रशिक्षक भ्लादिमिर सेरेगिन थिए, । एक अनुभवी परीक्षण पायलट जसले महान देशभक्तिपूर्ण युद्धको समयमा आक्रमणको लागि हिरोको स्टार प्राप्त गरेका थिए। आपतकालीन अवस्थामा विमानको नियन्त्रण उहाँकै हातमा जाने अनुमान गरिएको थियो

मौसम अप्रिय थियो, तर यो एक साधारण उडान कार्यको लागि अनुमति दिइएको थियो । माथि क्लियरेन्सको एक दुई किलोमिटरसँग कम बादल र त्यसपछि फेरि बाक्लो बादल थियो । गागारिन र सेरेगिनको विमान बिहान स्थानीय समय अनुसार १०ः१८ मा चकालोव्स्की एयरफिल्डबाट उडेको थियो । यो उडानको करिब २० मिनेटको लिनुपर्ने थियो । १० बजेर ३० मिनेटमा यो उडानको समापन रिपोर्ट गरेका थिए । फर्किन अनुमति मागे । फेरि विमानको आवाज सुनिएन।

भग्नावशेष खोज्न निकै समय लाग्यो । दुर्घटनास्थल अन्ततः दिउँसो २ः५० मा एयरफिल्डबाट ६५ किलोमिटर, भ्लादिमिर क्षेत्रको किर्झाच सहरबाट १८ किलोमिटर टाढा फेला परेको थियो। राज्य आयोगले भोलिपल्ट काम सुरु गरेको थियो ।

अन्तरिक्षमा पहिलो मानिसको चकित पार्ने मृत्यु, ठूलो मात्रामा अनुसन्धान, र यसको परिणामहरूको गोप्यताले प्रकोपको कारणहरूको बारेमा धेरै अफवाहहरू फैलायो। केहीले विश्वास गरे कि सर्वशक्तिमान गुप्तचर संस्था केजीबीले उनकोे लोकप्रियता हटाउने निर्णय गरेको थियो। अरूले एलियनको मुठभेडमा मारिएको अनुमान लगाए ।

गागारिन र सेरेगिनलाई उनीहरूको मृत्युको भोलिपल्ट दाहसंस्कार गरिएको थियो। तिनीहरूको खरानी क्रेमलिन पर्खालको नेक्रोपोलिसमा राखिएको थियो।
(अनाताली ब्रुसनिकिन रुसी इतिहासकार र पत्रकारको आलेखको आधारमा )


क्याटेगोरी : प्रवास
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट