Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी घुस लिँदालिँदै पक्राउ


बुटवल, १६ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

आयोगका प्रवक्ता रामकृष्ण अधिकारीले गाउँपालिका कार्यालयको चमेना गृहमा प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी, गाउँपालिकाका वडा नम्बर ७ का वडाध्यक्ष भीमबहादुर यादव र बिचौलिया विनोद भरले ५० हजार रुपियाँ घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको जानकारी दिए ।

प्रवक्ता अधिकारीले नदीजन्य पदार्थ उत्खनन् सम्बन्धमा घुस माग गरेको उजुरीको आधारमा उनीहरूलाई घुससहित नियन्त्रणमा लिइएको पुष्टि गरे । पक्राउ परेका तीन जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारको बुटवल कार्यालयले जनाएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश
ट्याग : #ghus, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट