Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

गर्मी बढेपछि रामपुर नगरपालिकाका सम्पूर्ण शैक्षिक संस्थामा पाँच दिनका लागि बन्द


पाल्पा, २९ जेठ । गर्मी बढेपछि पाल्पाको रामपुर नगरपालिकाले नगरभित्रका सम्पूर्ण शैक्षिक संस्थामा आज सोमवारदेखि पाँच दिनसम्म बिदा दिएको छ ।

गर्मी बढेपछि विद्यालय सञ्चालनमा कठिनाइ भएकोले बिदा दिएको रामपुर नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । शिक्षा शाखाको निर्णयअनुसार आजदेखि असार १ गतेसम्म नगरभित्रका सम्पूर्ण सामुदायिक, संस्थागत तथा मन्टेश्वरीमा बिदा दिने निर्णय भएको हो ।

नगरपालिकाका शिक्षा अधिकृत विकल काफ्लेले गर्मीले विद्यार्थीको स्वास्थ्यमा असर परेको भनी विभिन्न विद्यालय, अभिभावकबाट गुनासो आएपछि विद्यालय बन्द गरिएको जानकारी दिए। बर्खे र हिउँदे बिदामा मिलान हुने गरी बिदा दिइएको उनको भनाइ छ ।

 


क्याटेगोरी : पालिका, लुम्बिनी प्रदेश
ट्याग : #rampur, #school

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट