Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कोशी प्रदेश नामकरणको विषयमा पार्टीबाट गल्ती भयो : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशमा पार्टीले गल्ती गरेको बताएका छन् । बुधबार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकमा प्रचण्डले नामकरणको विषयमा पार्टीका जिम्मेवार नेताहरुबाट निर्णय प्रक्रियामा गल्ती भएको बताएका हुन् ।

कोशी प्रदेश नामकरणको विरोधमा सो प्रदेशमा निरन्तर आन्दोलन हुँदै आएको छ। माओवादीले समेत पहिचान पक्षधरहरुको विरोधका बीच कोशीमा समर्थन जनाएको थियो । यद्यपि पार्टी प्रदेश कमिटिले यतिबेला भने दोहोरो नीति लिँदै आएको छ ।
प्रचण्डले यस विषयमा भएको के हो भन्नेबारे छानबिन गरेर प्रतिवेदन तयार गर्न समिति बनाउने समेत बताएका बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

यस्तै बैठकमा प्रचण्डले मिटरब्याजी पीडितको समस्या समाधानका लागि सरकारले पहलकदमी लिएको समेत जानकारी गराएका थिए । जसअनुसार सरकारले मन्त्रिपरिषदबाट आयोग गठन गरिसकेको छ ।

 


क्याटेगोरी : राजनीति, कोशी प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट