Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

भन्सारका कर्मचारीलाई पारदर्शी भएर काम गर्न अर्थमन्त्री महतको निर्देशन


विराटनगर, १४ वैशाख । अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सारका कर्मचारीलाई इमानदारिताका साथ पारदर्शी भएर काम गर्न निर्देशन दिएका छन् ।

आज विराटनगर पुगेका उनले विराटनगर भन्सार कार्यालयको निरीक्षणपछि भने, ‘तपाईँहरु राज्यको राजस्व सङ्कलन जस्तो संवेदनशील सेवामा हुनुहुन्छ । कुनै पनि तहमा माथि देखाएर आफ्नो जिम्मेवारीको दुरुपयोग गर्ने अथवा अनुचित काम गर्ने छुट कसैलाई छैन ।’

मन्त्री महतले कर्मचारीको मूल्याङ्कन कामका आधारमा हुने पनि स्पष्ट पारे । उनको भनाइ थियो, ‘कर्मचारीले आफ्नो जिम्मेवारी इमानदारिताका साथ पारदर्शी रुपमा पूरा गर्नुहुनेछ।’ उनले यो आर्थिक वर्षको असारसम्ममा भन्सार असुलीको प्रतिशत निकै बढ्ने आफूले अपेक्षा गरेको पनि बताए । तर राजस्व बढाउने नाममा करदातालाई अनावश्यक दुःख नदिन पनि उनले निर्देशन दिए।


क्याटेगोरी : अर्थ, कोशी प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट