Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पार्टी सभापतिले केन्द्रीय समितिको बैठक बोलाएर विभागहरुको पूर्णता दिनुपर्छ: गगन थापा


विराटनगर, २५ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको पुनर्जीवनका लागि आफूहरू तल्लो तहसम्म जाने बताएका छन् । पछिल्लो समय कांग्रेसप्रति युवापुस्ताको निराशा बढ्दै गएको पाइएकाले अब सुधारको अभियान सञ्चालन गरिने उनले बताए ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले भने, “पार्टी विधानानुसार धेरै अधिकार सभापतिमै निहित छ । अब उहाँले नै केन्द्रीय समितिको बैठक बोलाएर गठन गर्न बाँकी रहेका विभाग आदिलाई पूर्णता दिनुपर्छ ।”

आफूहरूप्रति अपेक्षा बढ्नु स्वभाविक भएको भन्दै उनले कांग्रेसको विधानले महासचिवले गर्ने कार्य निश्चित तोकेको र सोभन्दा पर गई केही गर्न नसकिने सुनाए ।

“धेरै अधिकार त सभापतिमा नै हुन्छ, तर हामी सभापतिले काम गर्नु भएन भनेर टुलुटुल बस्ने होइन, कांग्रेस रूपान्तरणको लागि तल कार्यकर्तापंक्तिमा पुग्छौँ,” उनले भने । भारतले सांस्कृतिक नक्सा संसद् भवनमा राखेको प्रसंगमा महामन्त्री थापाले नेपालको इतिहास र विगतको सांस्कृतिक नक्साबारे सबै नेपाली जानकार रहेको बताए ।

उनले भने, “हाम्रो सांस्कृतिक नक्साको बारेमा हामी पनि जानकार छौँ । अरूलाई पनि यो थाहा छ ।” धेरै निराश हुनुभन्दा सम्भावना पहिल्याएर देश विकासमा अग्रसर हुनुपर्नेमा उनले जोड दिए ।


क्याटेगोरी : राजनीति, कोशी प्रदेश
ट्याग : #congress, #gagan thapa

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट