Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कोशी प्रदेश सरकार र पहिचानवादीबीच विराटनगरमा वार्ता सुरु


विराटनगर, ४ असार । कोशी प्रदेश सरकार र पहिचानवादीबीच विराटनगरमा वार्ता सुरु भएको छ।

प्रदेशको नाम ‘कोशी’ राखिएकामा असन्तुष्ट हुँदै आन्दोलनरत पक्षसँग प्रदेश सरकारले संवाद थालेको हो। ‘कोशी’ नाम खारेज गरी जातीय पहिचानका आधारमा प्रदेशको नामकरण गरिनुपर्ने पहिचानवादीहरूको माग छ।

यस क्रममा भएका आन्दोलनमा हिंसात्मक घटना पनि भएका थिए । प्रहरीसँगको झडपमा एकजना पहिचानवादी नेता (पदम लिम्बू लाजेहाङ) सहिदसमेत भइसकेका छन्।

प्रदेशसभाको दुईतिहाइ मतले कोशी नाम पारित गरे पनि पहिचानवादी असन्तुष्ट छन्। उक्त नाम खारेजीका लागि उनीहरुले ‘प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ नै गठन गरी आन्दोलन गरिरहेका छन्।

 


क्याटेगोरी : राजनीति, कोशी प्रदेश
ट्याग : #koshi pradesh

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट