Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बारा क्षेत्र नम्बर २ को उपचुनावमा जनमत पार्टीले छोड्दैन : सीके राउत


काठमाण्डौं, १५ चैत । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले बारा क्षेत्र नम्बर २ को उपचुनावमा आफ्नो पार्टीले नछोड्ने बताएका छन् । बुधवार नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्रप्रसाद कुशवाहलाई पार्टीमा प्रवेश गराउनका लागि काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष राउतले आफ्नो पार्टीले कुशवाहलाई उम्मेदवार बनाउने र उनको जित हुने प्रबल सम्भावना रहेको बताए । मधेस प्रदेशको मुख्यमन्त्री आफ्नो पार्टीलाई दिने सहमति सत्तारूढ गठबन्धनमा भएको उल्लेख गर्दै त्यसलाई बारा क्षेत्र नम्बर २ को उपचुनावसँग जोडेर नहेर्न उनको भनाइ छ ।

अध्यक्ष राउतले वैकल्पिक नयाँ राजनीतिक दलहरूलाई आफ्नो पार्टीको पक्षमा मतदान गरी बारा क्षेत्र नम्बर २ बाट कुशवाहलाई जिताउन पनि आग्रह गरे। ठूला पार्टीहरू पदका लागि मिल्ने गरेकाले नयाँ राजनीतिक शक्तिहरूले पनि मिलेर त्यो चुनावमा आफ्नो पार्टीको उम्मेदवारलाई जिताउनुपर्ने राउतको भनाइ छ ।

उनले भने ‘वैकल्पिक राजनीतिक पार्टीहरूले हामी सत्यको पक्षमा उभिने हो भनेर बुझ्नुपर्छ । यदि हामीहरू यसरी नै विभाजित भइरहने हो भने ठूला दलहरूले के गरिरहेका छन्, तपाईँहरूले बुझ्नुभएकै छ । ठूला दलहरूको सिद्धान्त नमिले पनि पदकै लागि उनीहरू जहिले पनि मिल्छन् । तर वैकल्पिक राजनीतिक शक्तिहरूले चाहिँ किन सकिरहेका छैनन् रु त्यो सोच्नुपर्छ । हामी वैकल्पिक नयाँ राजनीतिक शक्तिहरू मिलेर अब शिवचन्द्र कुशवाहजीलाई जिताउनुपर्छ ।’

अध्यक्ष राउतले सत्यको पक्षमा लाग्न पनि बारा २ को उपचुनावमा आफ्नो पार्टीका उम्मेदवारलाई जिताउनुको विकल्प नरहेको जिकिरसमेत गरे ।


क्याटेगोरी : राजनीति, मधेस प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट