Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बारा–२ मा एमालेले पुरुषोत्तम पौडेललाई उम्मेदवार बनायो


काठमाडौं, २० चैत । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि बारा–२ मा नेकपा एमालेले पूर्वमन्त्री तथा पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ।

एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बारा–२ को उपनिर्वाचनका लागि पार्टीले पौडेललाई टिकट दिएको पुष्टि गरे। यसअघि शनिबार बसेको एमाले सचिवालय बैठकले चितवन–२ र तनहुँ–१ का लागि उम्मेदवार तय गरिसकेको छ।

०५१ सालमा संसद् र दोस्रो संविधानसभाका सदस्य भएका पौडेल २०७० सालमा उनी युवा तथा खेलकुदमन्त्री बनेका थिए। प्रतिनिधिसभाको बारा निर्वाचन क्षेत्र नम्बर–२ मा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० ले जनता समाजवादी पार्टीका उम्मेदवारलाई सघाउने भएको छ।जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उम्मेवार बनाउने तयारी गरेको छ।

एमालेको सचिवालय बैठकले तनहुँ १ मा सर्वेन्द्र खनाल र चितवन क्षेत्र नम्बर २ मा रामप्रसाद न्यौपानेलाई उमेदवार बनाउने निर्णय गरेको छ। एमालेका अनुसार तीनवटै क्षेत्रमा एमालेका आधिकारिक उम्मेदवारले आज मनोनयन दर्ता गर्ने कार्यक्रम छ।

गत मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेसका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति तथा बारा २ बाट निर्वाचित जनता समाजवादी पार्टी ९जसपा० का नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नागरिकता प्रकरणका सांसद पदबाट बर्खास्त भएपछि रिक्त ती क्षेत्रमा उपनिर्वाचन गरेर पदपूर्ति गर्न लागिएको हो।


क्याटेगोरी : राजनीति, मधेस प्रदेश
ट्याग : #amale, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट