Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

म निर्वाचित भइसकेँ, औपचारिकता दिन मात्र बाँकी छ : उपेन्द्र यादव


काठमाडौं, २० चैत । बारा–२ उपनिर्वाचनमा उम्मेदवारी दर्ता गराएपछि जसपा अध्यक्ष उपेन्द्र यादवले आफू निर्वाचित भइसकेको र यो जित बाराको जित भएको दावी गरेका छन्।

उम्मेदवारी दर्तापछि आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै यादवले आफूलाई बाराका जनताले बोलाएर आएको भन्दै जनताभन्दा माथि कोही नरहेको टिप्पणी गरे। उनले आफ्नो उम्मेदवारी दर्ता नै बाराका जनताको जित भएको जिकिर गर्दै यसलाई औपचारिकता दिन मात्र बाँकी रहेको बताए।

समर्थकहरुलाई गाउँगाउँ गएर निर्वाचनलाई जितमा परिणत गर्न आग्रह गर्दै यादवले बारा ऐतिहासिक जिल्ला भएको र अब विकसित र समृद्ध जिल्ला पनि बनाउने बाचा गरे। ‘अधिकार र पहिचानको लडाईं आफ्नो ठाउँमा जारी नै छ,’ यादवले भने, ‘तर बाराका गाउँगाउँमा सडक, शिक्षा र स्वास्थ्य उपचारको समुचित व्यवस्था गर्ने मेरो चाहना छ।’

उनले मधेस आन्दोलनकै कारण आज नेपालमा मधेस प्रदेश सम्भव भएको र त्यसमा बाराको भूमिका महत्वपूर्ण रहेको भन्दै यो प्रदेशलाई समृद्ध र विकसित बनाउनुपर्ने अबको अभिभारा पनि आफूहरुकै भएको बताए।


क्याटेगोरी : राजनीति, मधेस प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट