Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मधेस प्रदेश सरकारबाट एमालेका मन्त्रीहरूले दिए राजीनामा


काठमाडौं, २१ चैत । मधेस प्रदेशमा नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन्। मधेस प्रदेश सरकारमा रहेका एमालेका चार मन्त्री र एक राज्यमन्त्रीले मंगलबार मुख्यमन्त्री सरोज यादवलाई राजीनामा बुझाएका हुन्।

एमालेबाट सरोज कुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री, राजकुमार लेखी प्रदेश मामिला तथा कानुन मन्त्री, सत्रुधन सिंह कोइरी गृह तथा सञ्चार मन्त्री, मोहम्मद जैद आलम महिला बालबालिका युवा तथा खेलकुद मन्त्री र केव राय गृह तथा सञ्चार मन्त्री भएका थिए।

गत २७ पुसमा एमाले र जनमतको समर्थनमा जनता समाजवादी पार्टीका यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए। केन्द्रीय गठबन्धन परिवर्तन भएसँगै मधेसमा एमालेका मन्त्रीहरूलाई राजीनामा दिन दबाब दिइँदै आइएको थियो। मधेसमा अब एमाले प्रतिपक्षीको भूमिका निर्वाह गर्ने जनाएको छ।


क्याटेगोरी : राजनीति, मधेस प्रदेश
ट्याग : #amale, #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट