Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बारामा दुईवटा मतपत्र लिएर मतदान केन्द्रमा पुगेपछि जसपाका नेता पक्राउ


काठमाडौं, १० वैशाख । बारा–२ बाट जनता समाजवादी पार्टीका नेता पक्राउ परेका छन्। जसपा नेता एवं जिल्ला समन्वय समितिका सदस्य रामसागर यादवलाई दुईवटा मतपत्र लिएर मतदान केन्द्रमा पुगेपछि पक्राउ गरिएको हो।

उनलाई बाराको देवताल गाउँपालिका वडा ७ स्थित वडा कार्यालय पिपरवती जब्दीमा रहेको मतदान केन्द्रबाट पक्राउ गरिएको हो।

यादवले स्वस्तिक छाप लगाएको दुईवटा मतपत्र मतपेटिकामा खसाउन खोजेपछि पक्राउ गरिएको हो। जनमत पार्टीले जसपाले कब्जा गरी बाहिरबाटै मतपत्र ल्याएर मत खसाएको आरोप लगाएको छ।


क्याटेगोरी : राजनीति, मधेस प्रदेश
ट्याग : #pakrau

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट