Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बारा–२ को मत गणनाको ‘लाइभ’ गर्न सीके राउतको माग


बारा, ११ वैशाख । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बारा–२ को मत गणनाको ‘लाइभ’ (प्रत्यक्ष प्रसारण) गर्नुपर्ने माग राखेका छन्।

उनले गत मंसिर ४ को चुनावमा मत गणनाका क्रममा सप्तरी–२ मा भएको दंगा स्मरण गर्दै अहिले बारा–२ मा मत गन्दा त्यसको ‘लाइभ’ गरिनुपर्ने माग राखेका हुन्। अध्यक्ष राउतले बारा–२ मा पर्ने सुवर्ण गाउँपालिकाका ४ वटा मतपेटिकाको सिल टुटेको अवस्थामा फेला परेको दाबी पनि गरेका छन्।

‘बारा–२ को मतगणना स्थलको लाइभ हुनुपर्छ। सप्तरी–२ मा हामीले भोगिसकेका छौँ, हार्न लागेपछि जसपाले भित्र नै उत्पात र दंगा मच्चाएर निर्वाचन बदर गराउने कसरी कोसिस गरेका थिए, प्रहरी प्रमुखको मिलेमतो थियो नै’, उनले ट्विटरमा लेखेका छन्, ‘बारा–२ मा सुवर्ण गापाका ४ वटा बाकसको सिल टुटेको भेटिएको छ।’

बारा–२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेललगायत ३४ उम्मेदवार प्रतिस्पर्धामा छन्।

 


क्याटेगोरी : राजनीति, मधेस प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट