Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

वामदेव गौतमलाई भेट्न केपी ओली भैसेपाटीमा


काठमाडौं, १७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम भेट्न गएका छन्। ओली भैंसेपाटीस्थित निवासमा गौतमलाई भेट्न गएका हुन्।

राष्ट्रपतिमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ एमालेबाट उम्मेदवार बनेपछि राष्ट्रिय सभा सदस्यसमेत रहेका गौतम भेट्न ओली गएका हुन्। ओलीले नेम्वाङलाई मत माग्दै कांग्रेसबाहेकका संसद प्रतिनिधित्व गर्ने दललाई पत्र पठाएका थिए। ओली र गौतमबीच लामो समयदेखि संवादहीनता रहेको छ।

तत्कालीन नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम ‘नेकपा’विभाजन हुँदा दुवै पार्टी नरोजेका उनी जिम्मेवारीविहीन भएका हुन्। पछि उनले आफैँ पार्टी गठन गरेका थिए। नेकपा विभाजन हुने क्रममा ‘नेकपा एकता राष्ट्रिय अभियान’घोषणा गरेर पार्टी मिलाउने भूमिकामा आफूलाई उभ्याउन खोजेका थिए। गौतम त्यसयता राजनीतिको किनारामा पर्दै गएका छन्।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट