Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

रामचन्द्र पौडेल निर्वाचित हुनेमा ढुक्क छु : देउवा


काठमाडौं, १८ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति चुनावमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित हुने दाबी गरेका छन् ।

राष्ट्रपति चुनावबारे सांसदहरूलाई प्रशिक्षण दिन आठदलीय गठबन्धनले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुअघि पत्रकारलाई प्रतिक्रिया दिँदै देउवाले पौडेलको जित हुनेमा आफू ढुक्क रहेको दाबी गरे ।

रामचन्द्र पौडेल रास्ट्रपति हुनेमा कतिको विश्वस्त हुनुहुन्छ भन्ने पत्रकारको प्रश्नको जवाफमा देउवाले भने, ‘ढुक्क छु ।’ राष्ट्रपतिमा पौडेललाई आठदलीय गठबन्धनको समर्थन छ । पौडेलसँगै एमालेबाट सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिका उम्मेदवार छन् । निर्वाचन यही फागुन २५ गते हुँदैछ ।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट