Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सुवास नेम्वाङलाई भोट माग्न एमाले नेताहरु रवि लामिछानेको कार्यालयमा


काठमाडौं, १८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न एमाले नेताहरू बसुन्धारा पुगेका छन् ।

रास्वपाका सभापति लामिछानेलाई भेट्न एमालेका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङ, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव योगेश भट्टराईलगायत नेताहरू बसुन्धारास्थित पार्टी कार्यालय पुगेका हुन् ।

भेटमा राष्ट्रपतिका उम्मेदवार नेम्वाङले आफूलाई समर्थन गर्न सभापति लामिछानेलाई आग्रह गरेका छन् । राष्ट्रपतिको निर्वाचन २५ फागुनमा हुँदैछ । कांग्रेस, माओवादी केन्द्रसहित ८ दलको समर्थनका कांग्रेसका रामचन्द्र पौडेल र एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिको चुनावी मैदानमा छन् ।

यसअघि एमाले नेताहरूले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेर राष्ट्रपति निर्वाचनमा सघाउन आग्रह गरेका थिए ।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #amale, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट