Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रतिकृयावादीबाट भ्रम छर्ने र घेराबन्दी गर्ने काम भइरहेको छ, मैले धेरै चर्को बोल्न मिल्दैन : प्रचण्ड


काठमाडौं, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीविरुद्ध घेराबन्दी भइरहेको बताएका छन् । सहिद तथा वेपत्ता योद्धा सन्तति फाउण्डेसनको आयोजनामा काठमाडौंमा भएको कार्यक्रममा प्रचण्डले प्रतिकृयावादीबाट भ्रम छर्ने र घेराबन्दी गर्ने काम भइरहेको बताएका हुन् ।

प्रचण्डले भने, ‘घेराबन्दी तोड्न माओवादीहरू एक हुनुपर्छ । प्रतिकृयावादीहरू सलबलाइरहेका छन् ।’

‘राष्ट्रिय र अन्तराष्ट्रिय घेराबन्दीविरूद्ध लडिरहेका छौं । म धेरै चर्को बोल्न मिल्दैन । बरू तपाईहरूले भन्न, बोल्न मिल्छ । हामी रुपमा भिन्न भिन्न देखिएपनि हाम्रो सार एउटै हो । ’

जनयुद्ध दिवस फागुन १ लाई राष्ट्रिय दिवस, जनयुद्धका सहिदलाई राजपत्रमा घोषणा गरेर राष्ट्रिय सहिद घोषणा गर्ने कुराले पनि प्रतिकृयावादीहरू अत्तालिएको उनको भनाइ छ। प्रचण्डले भने,‘राष्ट्रिय र अन्तराष्ट्रिय घेराबन्दीविरूद्ध लडिरहेका छौं । म धेरै चर्को बोल्न मिल्दैन । बरू तपाईहरूले भन्न, बोल्न मिल्छ । हामी रुपमा भिन्न भिन्न देखिएपनि हाम्रो सार एउटै हो । ’

प्रचण्डले संविधानमाथि प्रहार भइरहेको बताए । प्रचण्डले भने, ‘राष्ट्रिय र अन्तराष्ट्रिय घेराबन्दीविरू लडिरहेका छौं । म धेरै चर्को बोल्न मिल्दैन । माओवादीविरुद्ध तथानाम गाली गर्ने कसरत भइरहेको छ ।’

भ्रम चिर्ने, भ्रम तोड्ने माओवादीको रणनीति रहेको उनले बताए । प्रचण्डले भने,‘अहिले जे देखा पर्न खोजेको छ । सरकारका तर्फबाट सहिद वेपत्ता परिवारलाई सम्मन गर्ने कुरामा प्रतिकृयावादीहरू आत्तिएका छन् । त्यहि भएर तथानाम गाली गर्ने,भ्रम छेर्ने काम भइरहेको छ । हामीले प्रतिरोध गरिरहेका छौं । ’


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #breaking, #hot, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट