माधव नेपालका भाइको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने
![](https://archive.jhilko.com/wp-content/uploads/2023/03/Sarojkumar.jpg)
काठमाडौं, २२ फागु्न । नेता माधव कुमार नेपालका भाइ तथा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं विज्ञान तथा प्रविधि विभाग प्रमुख सरोज उपाध्यायको पार्थिव शरीरलाई काठमाडौंको मिनभवन, आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिने भएको छ।
आज दिउँसो १ देखि ३ बजेसम्म पार्टी कार्यालयमा उनीप्रति पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकका साथै अन्य राजनीतिक दलका नेतागणले श्रद्धाञ्जली दिने कार्यक्रम छ।
गत शनिबार शङ्खमूलस्थित एक रेष्टुरेन्टको छतबाट लडेर घाइते भएका उपाध्यायको अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। उनको आजै साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ। दिवङ्गत उपाध्याय पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका कान्छा भाई हुन्।
क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #hot
प्रतिक्रिया