Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

उपराष्ट्रपति लैंगिक र सामुदायिक रूपले फरक हुनुपर्छ : देव गुरु


काठमाडौं, २६ फागुन । नेकपा माओवादी केन्द्रले उपराष्ट्रपति लैंगिक र सामुदायिक रूपले फरक हुनुपर्ने बताएको छ।

शुक्रबार बिहान बालुवाटारमा बसेको माओवादी घटकको बैठकपछि प्रतिक्रिया दिँदै माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले फरक समुदायको महिलालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन पहल गर्ने बताए।

‘उपराष्ट्रपतिमा जसले सिफारिस गरेको भएपनि संविधानतः राष्ट्रपति र उपराष्ट्रपतिको बीचमा लैंगिक रूपले फरक र सामुदायिक फरक भन्ने छ’, उनले भने, ‘एउटा पुरुष भए अर्को महिला हुनुपर्छ भन्ने मान्यता बसिसकेको छ। नेपालको अहिलेको अवस्थारस्थिति सबैतिरबाट हेर्दा फरक समुदायको महिला नै भए बेस हुन्थ्यो।’

महासचिव गुरुङले उपराष्ट्रपतिको निर्वाचन सकिएसँगै निर्वाचन आचारसंहिता सकिने भएकाले ५ गतेपछि मात्रै सरकार बिस्तार हुने बताए।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट