Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

उपराष्ट्रपतिको उम्मेदवार चयन गर्न एमालेको केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु


काठमाडौं, २७ फागुन । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो ।

बैठकले उपराष्ट्रपतिको लागि उम्मेदवारको चयन गर्नेछ । उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ । त्यसको लागि आज उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

उपराष्ट्रपतिको लागि मनोनयन दर्ताका लागि निर्वाचन आयोगले आज दिउँसो २ बजेसम्मको समय दिएको छ ।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #amale, #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट