Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

केन्द्र सरकारमा नयाँ गठबन्धन बने पनि बागमती प्रदेश सरकार परिवर्तन हुँदैन : मन्त्री श्रेष्ठ


काठमाडौं, २८ फागुन । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले केन्द्र सरकारमा नयाँ गठबन्धन बने पनि बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन्।​

न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले बागमती प्रदेशमा केही असर परे पनि नेतृत्व भने परिवर्तन नहुने बताएका हुन्। मन्त्री श्रेष्ठले भने, ‘गठबन्धन तलमाथि हुँदै गर्दाखेरी वागमती प्रदेशमा केही असरहरु त पर्लान्। म पर्दैपर्दैन भन्दिनँ। तर बागमती प्रदेशको सरकारको नेतृत्व चाहिँ परिवर्तन हुन्छ जस्तो मलाई लाग्दैन।’

केन्द्रमा नेकपा एमालेसँगको गठबन्धन कायम रहेको बेलामा माओवादी केन्द्रका शालिकराम जम्मकट्टेल बागमती प्रदेशको मुख्यमन्त्री बनेका थिए। केन्द्रमा कांग्रेससहितको गठबन्धन बनेपछि प्रदेश सरकारमा पनि समीकरण फेरबदलको गृहकार्य भइरहेकोबेला मन्त्री श्रेष्ठले आफूहरुले राष्ट्रिय सहमतीका लागि प्रयास गर्ने बताए। तर जबरजस्ती सरकारमा बस्नुस् भनेर भन्न नसक्ने उनको भनाइ छ।

सरकारमा रहने कि नरहने भन्ने विषयमा एमालेका मन्त्रीहरुको फरक फरक अभिव्यक्ति सार्वजनिक भएको भन्दै मन्त्री श्रेष्ठले भने, ‘राष्ट्रिय सहमति, राष्ट्रिय एकता कायम गरेर जाऔं भन्ने हाम्रो अनुरोध रहन्छ। तर उहाँहरु बस्न चाहनुभएन भने त जर्बजस्ती बस्नुस् भनेर हामीले बाँधेर राख्न पनि सक्दैनौं।’

बागमती प्रदेश सरकारको समीकरण कस्तो हुन्छ भन्ने विषय एमालेको निर्णयमा भर पर्ने उनले बताए। ‘तर अहिले नै बागमती प्रदेश सरकारको नेतृत्व फेरबदल हुँदैन,’ मन्त्री श्रेष्ठले भने। गणतन्त्र र संघीयताविरुद्ध माहोल तयार गर्ने काममा युट्युब प्रयोग भइरहेको भन्दै त्यसलाई नियमन गर्नेसमेत बताएका छन्।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट