Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

विप्लव नेतृत्वको नेकपा र कर्णजीत नेतृत्वको माओवादी समाजवादी पार्टीबीच एकता घोषणा


काठमाडौं, १ चैत । नेत्रविक्रम चन्द्र ‘विप्‍लव’ र कर्णजित बुढा नेतृत्वको नेकपा (माओवादी समाजवादी) बीच पार्टी एकता भएको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विप्लव नेतृत्वको नेकपा र कर्णजीत नेतृत्वको माओवादी समाजवादी पार्टीबीच एकता घोषणा गरेको हो।

लामो समयपछि तत्कालीन नेपाल कम्युनिष्ट माओवादी टुटफूटको संघारपछि आज दुई पार्टीबीच सैद्धान्तिक सहमति भएको हो। नेपालमा दलाल पुँजीवादी सत्ताको अन्त्य र वैज्ञानिक समाजवादी सत्ताको स्थापना गर्नु आफ्नो उद्देश्य रहेको बताएका छन्।

‘नेपाल कम्युनिष्ट पार्टी र नेकपा कम्युनिष्ट पार्टी माओवादी समाजवादीको सुस्पष्ट विचार छ कि नेपालमा दलाल पुँजीवादी सत्ताको अन्त्य र वैज्ञानिक समाजवादी सत्ताको स्थापना गर्नु,नेपाली जनताको समृद्धि जीवन एवं स्वाधीन नेपाल राष्ट्र निर्माण गर्नुबाहेक हामीसँग कुनै स्वास्थ छैन। हामी हाम्रो लक्ष्य र विचारप्रति समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछौं,’ एकतासम्बन्धी प्रेस वक्तव्यमा उल्लेख छ।

क्रान्तिकारी धारमा रहेका नेपाल कम्युनिष्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीलगायत पार्टीहरूसँग पनि एकताका लागि छलफल जारी रहेको विज्ञप्तिमा उल्लेख छ। माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध जनयुद्धकालीन मुद्दालाई लिएर सर्वोच्च अदालतमा रिट परेपछि माओवादी धारका पार्टीहरू एकजुट हुन थालेका हुन्।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट