Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सरकारमा जाने तयारीमा रहेको नेकपा एकीकृत समाजवादीको बैठक जारी


काठमाडौं, ७ चैत । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक पार्टी मुख्यालय आलोकनगरमा बसिरहेको छ।

मंगलबार मध्याह्न १२ बजेदेखि बैठक सुरु भएको हो। अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा बैठक बसेको हो। बैठकमा नेता झलनाथ खनाल, उपाध्यक्षहरु राजेन्द्रप्रसाद पाण्डे, केशवलाल श्रेष्ठ, जयन्ती राई, डा। बेदुराम भुसाल, महासचिव घनश्याम भुसाल, उपमहासचिव गंगालाल तुलाधर र प्रवक्ता जगन्नाथ खतिवडा सहभागी छन्।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको समाजवादीले सरकारमा जाने तयारी गरेको हो। प्रचण्डलाई विश्वासको मत दिइसकेकाले आजको बैठकबाट सरकारमा जाने निर्णय लिने तयारी छ। समाजवादीले कम्तीमा तीनवटा मन्त्रालयमा दाबी गरेको छ। समाजवादी उपाध्यक्ष राजेन्द्र पाण्डेले यसअघि नै यसपटक आफूहरुले रोजेको मन्त्रालय लिएर सरकारमा जाने बताइसकेका छन्।

 


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट