Techie IT
  • १० वैशाख २०८१, सोमबार
Jhilko

ठगी गरेको आरोपमा सुजाता कोइरालाका पूर्व पीए केशव दुलाल पक्राउ


काठमाडौं, १३ चैत । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाई दिने भन्दै ठगी गरेको आरोपमा नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाका पूर्व पीए केशव दुलाल पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार मोरङको पथरीका दुलाललाई पक्राउ गरेको हो। दुलालसहित ललितपुरका सानु भण्डारी र पाँचथरका टंक गुरुङ पक्राउ परेका छन्। हालसम्म ८१ जना पीडितले उजुरी दिएको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीले जानकारी दिए।

अमेरिका पठाइदिने नाममा एक जनासँग २० देखि ४० लाख रुपैयाँसम्म उठाइएको प्रहरीले जनाएको छ।


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट