Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सत्ता गठबन्धनका नेताहरूको बैठक बालुवाटारमा जारी


काठमाडौं, १५ चैत । सत्ता गठबन्धनका नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। दलहरूबीच मन्त्रालयको भागवण्डाको टुंगो लगाउन बैठक बसेको हो।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले दलहरूबीच मन्त्रालय बाँडफाँडमा समस्या नरहेको दाबी गरे। यसअघि मंगलबार साँझ साढे २ घण्टा बसेको बैठक विनानिष्कर्ष टुंगिएपछि बुधबार बिहान पुनः बसेको हो। बैठकमा कांग्रेसले नौ, जसपा र एकीकृत समाजवादीले तीन–तीन मन्त्रालयमा दाबी गरेका छन्।

त्यस्तै लोसपाले दुई मन्त्रालय माग गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टी पनि आफ्नो मागअनुसारका मन्त्रालय पाउनुपर्ने अडानमा छन्।

 


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट