Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

केन्द्र सरकार फेरिरहँदा काम गर्न अफ्ठेरो भयो : बालेन साह


काठमाडौं, १५ चैत । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले केन्द्र सरकार फेरिरहँदा काम गर्न अफ्ठेरो भएको बताएका छन् । न्यायीक समितिको राष्ट्रिय सम्मेलन् उद्घाटन अवसरमा बोल्दै साहले सरकार कम्तीमा केहि समय टिकिदिए काम गर्न सजिलो हने बताएका हुन् ।

शाहले भने,‘सरकार कम्तीमा केहि समय टिकिदिए काम गर्न सजिलो हुन्छ । समन्वय गर्न सजिलो हुन्थ्यो । हामी बागमती सभ्यता जोगाउन खोज्दैछौं । नदीको अधिकार त सुनिश्चित गरिदिनुपर्‍यो । पहिले नदिनाला जोगाऔं । स्थानीय सरकार भनेको पाँच वर्षे सरकार हो । उहाँहरुको सरकार टिकिदैन र काम गर्न गाह्रो हुन्छ । स्थानीय सरकार एक्लैले गर्न नसक्ने काम धेरै हुन्छन् ।’

सरकार सिंहदरबारमा मात्रै नभएर पालिकापालिका र वडावडा वडामा छ भन्ने अनुभूति दिलाउन आवश्यक रहेको बताए ।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट