Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पैसा नआउने भएका कारण शिक्षा मन्त्रालय नेताहरुको रोजाइमा परेन : देवेन्द्र पौडेल


काठमाण्डौं, २१ चैत । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले पैसा नआउने मन्त्रालय भएका कारण शिक्षा मन्त्रालय नेताहरूको रोजाइमा नपर्ने गरेको टिप्पणी गरेका छन् ।

मङ्गलवार काठमाण्डौमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेताहरू मन्त्री बन्नका लागि तँछाडमछाड गरेर भागबन्डामा हिँड्ने गरेको तर शिक्षा मन्त्रालय कमैमात्रै नेताहरूको रोजाइमा पर्ने गरेको बताए । पूर्व शिक्षा मन्त्रीसमेत रहेका पौडेलले सामुदायिक शिक्षाको सुधार गर्नसके शिक्षा मन्त्रालय नेताहरूको पहिलो रोजाइमा पर्ने बताए । बाटो बनाउने मन्त्रालयभन्दा नागरिक बनाउने मन्त्रालय कम प्राथमिकतामा पर्ने गरेको उनको भनाइ थियो ।

उनले भने ‘तँछाडमछाड गरेर मन्त्रालय लिनका लागि भागबन्डामा साथीहरू हिँड्ने गर्नुहुन्छ । त्यो भागबन्डामा सबैभन्दा पहिला शिक्षा मन्त्रालय रोज्नका लागि अघि बढ्ने गरी विद्यालय शिक्षाको सुधार गर्नसके बाटो बनाउने मन्त्रालयभन्दा मान्छे बनाउने मन्त्रालय, नागरिक बनाउने मन्त्रालयलाई पहिलो प्राथमिकता राख्नुपर्छ । पैसा आउँदैन होला तर नागरिक बनाउने मन्त्रालयलाई पहिलो जोड दिने गरी काम गर्नुपर्छ । आज कुनै पनि विद्यार्थी शिक्षक सेवा आयोगमा गएर शिक्षक बन्छु भनेर परीक्षा दिँदैन । त्यो विद्यार्थीलाई दोष दिने कुरा होइन, हामीले बनाउन सकेका छैनौँ, त्यो परिस्थिति हामीले बनाउनुपर्छ ।’

सचिव पौडेलले स्थानीय पालिका, विद्यालय व्यवस्थापन समिति र शिक्षकको सुधार गर्नसके सार्वजनिक विद्यालय आफैँ आकर्षणको केन्द्र बन्ने दाबी गरे । उनले सङ्घीय शिक्षा ऐन जारी नगरेसम्म सार्वजनिक शिक्षामा सुधार गर्न नसकिने बताए ।

वर्षमा दुईपटक ठगिन्छन् अभिभावक


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट