Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

राष्ट्रपति र प्रधानमन्त्रीको सचिवालयमा सदस्य सङ्ख्या घटाउन गगन थापाको आग्रह


काठमाण्डौं, २२ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अनावश्यक खर्चलाई कटौती गर्नका लागि राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको सङ्ख्या घटाउन आग्रह गरेका छन् ।

बुधवार नेपाल वित्तीय संस्था कर्मचारी सङ्घको राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोहमा बोल्दै महामन्त्री थापाले देशको आर्थिक अवस्था संकटग्रस्त रहेकाले राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको सङ्ख्या घटाउन आग्रह गरेका हुन् । उनले राष्ट्रपति र प्रधानमन्त्रीदेखि विभिन्न निकायका पदाधिकारीहरु सबैले अत्यावश्यक बाहेकको खर्चलाई कटौती गर्नुपर्ने बताए ।

सरकार खर्चमा मितव्ययी हुनुपर्ने उनको भनाइ छ । महामन्त्री थापाले विकासको क्षेत्रमा हुने खर्च र पुँजीगत खर्चमा भने अझ सुधार गर्नुपर्ने बताए । यसो गर्न सकेमा देशको आर्थिक अवस्थामा सुधार आउने उनले बताए । यस्तै, उनले देशको आर्थिक सङ्कट समाधान गर्नका लागि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सँग पनि सम्वाद गर्नुपर्ने बताए । स्थानीय सरकारमा एमाले पनि रहेको उल्लेख गर्दै उनले एमालेसँगको सम्वाद र सहकार्य आवश्यक रहेको बताए ।

त्यस्तै, सरकार र नेपाल राष्ट्र बैंककाबीचमा पनि विश्वसनीय सम्बन्ध हुनुपर्ने उनले बताए । महामन्त्री थापाले राष्ट्र बैंक र सरकारको दृष्टिकोणमा पनि समानता ल्याउनुपर्ने बताए ।
महामन्त्री थापाले प्रधानमन्त्री र मन्त्रीहरुलाई तीन महिनासम्म अनलाइन र टेलिभिजनमा अनुहार नदेखाएर काम गरेर देखाउन आग्रह पनि गरे ।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #breaking, #gagan thapa

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट