Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सिंहदरबारस्थित सभामुखको कार्यालयमा प्रधानमन्त्रीसहित केपी ओली र शेरबहादुर देउवाबीच भेटवार्ता


काठमाडौं, चैत २५ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेसहित शीर्ष तीन दलका नेताबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार सिंहदरबारस्थित सभामुखको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरेसहित प्रमुख तीन दलका शीर्ष नेताको भेटवार्ता भएको हो।

छलफलमा प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरेसँगै प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले) का अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन् ।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #breaking, #kp oli, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट