Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

भक्तपुरको यातायात कार्यालयभित्र आगजनी गरेको अभियोगमा एक जना पक्राउ


भक्तपुर, ३ वैशाख । मध्यपुर ठिमी नगरपालिका–५ राधेराधेस्थित यातायात कार्यालयभित्र रहेको हेल्प डेक्समा आगजनी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपालचोकको मेलम्ची नगरपालिका १– घर भई हाल भक्तपुर राधेराधे बस्ने ४१ वर्षीय राज कुमार चौलागाई रहेका छन् । उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

चौलागाईले मादक पदार्थ सेवन गरी उक्त हेल्प डेक्समा आगजनी गरेको सूचनाका आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । आगलागीबाट हेल्प डेक्स जलेर करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट