Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नापी कार्यालय चाबहिलका तत्कालीन प्रमुख दुर्गादास महर्जनसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाण्डौं, ८ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृत दुर्गादास महर्जनसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मुद्दामा प्रमुख नापी अधिकृत महर्जन, नापी अधिकृत शंकर पाण्डेय, सर्वेक्षक रामनारायण यादव, मालपोत कार्यालय, चाबहिलका तत्कालीन मालपोत अधिकृत विष्णुप्रसाद काफ्ले, नायब सुब्बा उत्तम कुँवरसहित कागेश्वरी मनोहरा नगरपालिका–९ का सीताराम अधिकारी र काठमाण्डौ महानगरपालिका–९ का नवीन दाहालविरुद्ध मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

काठमाण्डौ विकास प्राधिकरणको सहमतिविना स्मार्ट सिटीअन्तर्गत परेको जग्गालाई अगाडि बनाएको नक्सामा आफूखुसी जोडी नक्सामा नभएको क्षेत्रफललाई कानुनविपरीत कित्ताकाट गरेको अख्तियारको आरोप छ । कित्ताकाट गर्ने क्रममा उनीहरूले आफूहरूलाई लाभ प्राप्त गर्ने उद्देश्यले कित्ताहरूको आकार–प्रकार परिवर्तन गरेको आयोगको दाबी रहेको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट