Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

राष्ट्र र जनताको आवश्यकता अनुसार नेकपातिरै फर्किनु अहिलेको आवश्यकताः प्रचण्ड


काठमाडौं, १० वैशाख । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र र जनताको आवश्यकता अनुसार कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्नुपर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा राजधानीमा नेकपा (एकीकृत समाजवादी) द्वारा आज आयोजित ‘नेपाली कम्युनिस्ट आन्दोलनः उपलब्धि, चुनौती र संभावना’ विषयक बिचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘सही बवचार र नीतिका आधारमा कम्युनिस्टहरुलाई एकतावद्ध गर्ने कुरा जारी राख्नु पर्दछ । अहिले हामी त्यहि प्रक्रियामा छौं । जनवादी केन्द्रीयताको सिद्धान्तविरुद्ध रहेकाहरु कम्युनिष्ट एकताको पक्षमा छैनन् । हामी अहिले पनि एकताकै पक्षमा छौं ।’ उनले केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिने र त्यहिँबाट कम्युनिष्ट आन्दोलनको नयाँ ध्रुबीकरणमा अगाडि बढ्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले आफूहरु राष्ट्र र जनताको आवश्यकता अनुसार थुप्रै नेताहरुसँगको कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्नुपर्छ भन्ने विषयमा छलफल गरी नेकपातिरै फर्कनेमा रहेको स्पष्ट पारे। उनले भने, ‘कम्युनिस्ट पार्टी भित्र नेतृत्वलाई साँचोका रुपमा लिइन्थ्यो, र हो पनि । नेतृत्वले गलत विचार र प्रवृति अंगिकार गर्यो भने, धेरै ठूलो क्षति हुन्छ र ठूलो प्रतिक्रान्ति हुन्छ । हामीले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पनि देख्यौं र आफ्नै आँखा अगाडि पनि देख्यौं ।’

उनले ०७४ को आमनिर्वाचन कम्युनिष्टहरुले चालेको ठूलो अग्रगामी कदम रहेको उल्लेख गर्दै उक्त प्रस्ताव आफूहरुले नै गरेको र त्यसको पहिलो प्रस्तावक आफैं भएको बताए । ‘राष्ट्रको स्वाधिनता, राष्ट्रिय एकता, जनताको जनजीविका, सामाजिक न्याय र विकासको आवश्यकतालाई सम्बोधन गर्न पनि कम्युनिष्टहरु एक हुन जरुरी छ, ’ उनले भने । लोकतन्त्रको सुदृढीकरण र गणतन्त्रलाई मजबुत गर्नका लागि पनि कम्युनिष्टहरु एक हुन जरुरी रहेको प्रधानमन्त्रीको भनाई थियो ।

उनले बिना आग्रह पूर्वाग्रह बवचारधारात्मक रुपले समिक्षा गर्दै राष्ट्रको हितमा एकताको नयाँ पहलका लागि बामपन्थी कम्युनिस्टहरुलाई आव्हान पनि गरे । उनले अगाडि भने, ‘एकतावद्ध भएर मात्र हामी कम्युनिष्ट आन्दोलनप्रति इमान्दार हुनसक्छौं । अहिले हामी कम्युनिस्ट पार्टीहरु कहाँबाट सुरु गर्ने भन्ने छलफलमा छौं । अहिले राष्ट्रको आवश्यकता, रााष्ट्रियता, जनतन्त्र जनजीविका, विकासको आवश्यकता र दलाल पूँजीवादको विरुद्ध संघर्षको आवश्यकता महशुस गर्नेहरु सबै एउटा मोर्चामा आवद्ध भएर एउटा सन्देह दिऔं ।’


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #breaking, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट