Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

चितवन-२ बाट रवि लामिछाने भारी मतान्तरले विजयी


चितवन, १२ वैशाख । चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने विजयी भएका छन् ।

वैशाख १० गते भएको उपनिर्वाचनमा लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरी चितवनबाट दोस्रो पटक विजयी भएका हुन्  । उनले ४३ हजार १६१ मतान्तरले प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई पछाडि पारेका हुन् । जितनारायण श्रेष्ठले ११ हजार २१४ मत ल्याएका छन् ।

त्यस्तै, नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याए । अघिल्लो निर्वाचनमा लामिछानेले ४९ हजार तीन सय मत ल्याएका थिए ।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट