Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

महिला हिंसा पीडकलाई कारबाही गर्न कुनै कसर बाँकी राख्ने छैनः गृहमन्त्री


काठमाडौं, २४ वैशाख । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले महिला हिंसामा संलग्न पीडकलाई कारबाही गर्न सरकारले कुनै कदम बाँकी नराख्ने बताएका छन् ।

आइतबार गृह मन्त्रालयले आयोजना गरेको संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद् प्रस्ताव नं. १३२५ र १८२० को कार्यान्वयनसम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना राष्ट्रिय कार्यशालामा श्रेष्ठले महिला हिंसा गर्ने पीडकलाई कारबाही गरिने बताएका हुन् ।

‘महिलामाथि हुने हिंसालाई अन्त्य गर्न र त्यस प्रकारको कुनै घटना देखा परे हिंसामा संलग्न अपराधीहरूलाई, पीडकहरूलाई कारबाही गर्न सरकारले कुनै कसर बाँकी राख्ने छैन,’ श्रेष्ठले भने, ‘गत कालका हिंसाका घटनाहरूलाई पनि त्यत्तिकै छोडिने छैन । त्यस प्रकारको घटनाहरूको पनि आवश्यक अनुसन्धान र छानबिन गरेर पीडितहरूलाई न्याय दिन र दोषी र अपराधीहरूलाई कारबाही गर्न अगाडि बढ्ने नै छौँ ।’

श्रेष्ठले हालसम्म प्राप्त भएका उपलब्धिहरूको रक्षा गर्दै महिलाहरूलाई अझ अधिकारसम्पन्न बनाउन सरकारले प्रयत्न गर्ने उल्लेख गरे । मन्त्री श्रेष्ठले द्वन्द्वकालमा भएका मानवअधिकार उल्लंघन र महिला हिंसाका घटनाहरूको समस्या समाधान गर्न आवश्यक नीति, निर्णय र कार्ययोजना बनाउन सरकार गम्भीर रहेको बताए ।


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट