Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

टोपबहादुर रायमाझीलाई आश्रय दिएका नारायण पौडेल को हुन् ?


काठमाडौं, १ जेठ । नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी आइतबार राति सवा ८ बजेतिर काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परे । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा उनी पनि संलग्न रहेको आरोपमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रायमाझी पक्राउ परेका हुन् ।

शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि रायमाझी १२ दिनदेखि फरार थिए । प्रहरीको खोजीमा रहेका उनी आइतबार राति बूढानीलकण्ठको पासिकोटस्थित साथीको घरमा भेटिएका थिए । पुरानो चिनजान भएका अर्घाखाँचीकै गाउँलेको घरमा रायमाझी आइतबार साँझ नै आइपुगेका थिए । रायमाझीले आश्रय लिन पुग्ने घर थियो नारायणप्रसाद पौडेलको ।

रायमाझी र पौडेलको निकै लामो समयदेखि दोस्ती छ । पौडेललाई रायमाझीले विभिन्न राजनीतिक नियुक्ति पनि दिलाएका थिए । पौडेल राष्ट्रिय खेलकुद परिषद्को सदस्य तथा ग्रामीण खानेपानी फण्ड बोर्डको सदस्यमा पनि रायमाझीकै पहुँचमा नियुक्त भएका थिए ।

रायमाझीकै पहलमा पौडेल नगर विकास परिषद्‌मा पनि नियुक्ति भएको बताइन्छ । त्यसबाहेक विभिन्न व्यवसायमा पनि उनको संलग्नता छ । कैलाशकुट बहुमुखी क्याम्पसको प्रमुखसमेत रहेका पौडेलले २०६४ देखि सोही क्याम्पसमा अध्यापन गर्दै आएका छन् । उनले पर्यटन व्यवसाय तथा समाजका विभिन्न संघसंस्थाको नेतृत्व गर्दै आएका छन् ।

उनीनिकट स्रोतका अनुसार पौडेल नेपाल पब्लिक क्याम्पस महासंघको उपमहासचिव, ग्रामीण खानेपानी फण्ड बोर्डको सदस्य, काठमाडौं महानगरपालिकाको प्राइभेट–पब्लिक पार्टनरशिपको बोर्ड सदस्य, साना तथा मझौला उद्योग व्यवसायी महासंघको उपाध्यक्ष, राष्ट्रिय खेलकुद परिषद्को सदस्य, दिगो पर्यटन सहकारीको बोर्ड सदस्यलगायत ३ दर्जनभन्दा बढी संघसंस्थामा सक्रिय थिए ।

आइतबार साँझ पौडेल निवासमा रायमाझी पुग्नेबित्तिकै प्रहरी पुगेको थियो । त्यसपछि रायमाझी गिरफ्तार भएका हुन् । उनी पोखराबाट आइतबार नै आएको बताइएको छ ।

 


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट