Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

भ्रष्टाचारविरूद्ध राप्रपाले हनुमानढोका दरबार क्षेत्रमा प्रदर्शन गर्दै


काठमाडौं, ४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भ्रष्टाचारविरूद्ध प्रदर्शन गर्दैछ। नक्कली भुटानी शरणार्थी लगायतका प्रकरणमा ठूला ओहोदामा बसेकाहरू नै संलग्न देखिएको र भ्रष्टाचार न्यूनीकरणमा राज्य उदासीन भएको भन्दै प्रदर्शन गर्न लागेको राप्रपाले बताएको छ।

विरोध प्रदर्शन दिउँसो १ बजे हनुमानढोका दरबार क्षेत्रमा आयोजना गरिएको राप्रपाले जानकारी दिएको छ। ‘भ्रष्टाचारविरुद्ध हामीले प्रदर्शन गर्न लागेका छौं,’ राप्रपाका उपाध्यक्ष रोशन कार्कीले भने, ‘केन्द्रीय कार्य समितिको निर्णय अनुरूप नै हामीले आजको कार्यक्रम तय गरेका हौं।’

विरोध प्रदर्शनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम छ। राप्रपाको केन्द्रीय कार्य समितिको बैठक जेठ १, २ र ३ गते बसेको थियो। बैठकले नक्कली शरणार्थी प्रकरणलाई राज्य द्रोहको अपराध भएको निष्कर्ष निकालेको थियो। उसले माओवादी लडाकु शिविर प्रकरण, ललिता निवास काण्ड, एनसेल आदि सतहमा आएका विषय छानबिन गर्न र दोषीलाई कारबाही गर्न माग गरेको थियो।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट