Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

भ्रष्टाचारको जालोलाई फोड्ने गरी काम गर्नुछः गृहमन्त्री श्रेष्ठ


काभ्रेपलाञ्चोक, ६ जेठ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले भ्रष्टाचारको जालोलाई फोड्ने गरी काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। शनिबार धुलिखेलमा आयोजित प्रेस सेन्टर नेपालको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण सहितको सुशासनको स्थापना समृद्धिको पूर्व शर्त रहेको बताए ।

उनले मुलुक कमिसन र भ्रष्टाचारको जालोमा फसेको बताए। उनले विकास र समृद्धिको लक्ष्य पूरा गर्न र शहीदको सपना पुरा गर्न र समाजवादको आधार तयार पार्न भ्रष्टाचारीलाई कारबाही, भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गरेर सुशासन स्थापना गर्नुपर्ने बताए। गृहमन्त्री श्रेष्ठले सुशासन र समृद्धि र सामाजिक न्याय सरकारको लक्ष्य रहेको बताए ।

“हामीले विगतमा हामीबाट भएका कमीकमजोरीको आत्मसमीक्षा गर्दै दृढ सङ्कल्प गर्दै प्रभावकारी ढङ्गले अघि बढ्ने प्रतिबद्धतासहित हामीले कसैसँग कुनै सम्झौता नगरी, निर्दोष नफसोस्, कुनै दोषी, अपराधी नछुटोस् भनेर त्यो मान्यतामा काम गर्दैछौं” उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले भने । उनले भ्रष्टाचार, कमिसन, तस्करी, कालोबजारी, ठगीमा संलग्न भएका जुनसुकै पार्टीका नेता तथा कार्यकर्तालाई नछोडिने बताए ।

उनले सरकारले अघि सारेको भ्रष्टाचारीलाई कारबाही गर्ने अभियानमा देशव्यापी समर्थन प्राप्त भएको बताए। कार्यक्रममा सम्बोधन गर्दै उनले सरकारसँग राष्ट्रिय सार्वभौमसत्ता, राष्ट्रियता, राष्ट्रिय सुरक्षालाई बलियो बनाउने, लोकतन्त्रको उपलब्धिको रक्षा गर्नु, शान्ति प्रक्रियाको बाँकी काम पुरा गर्ने र मुलुकको सामाजिक आर्थिक रुपान्तरणको माध्यमबाट समृद्धिको यात्रा तय गर्नुपर्ने चार कार्यभार रहेको बताए। उनले मुलुकको चार कार्यभार पूरा गर्नको लागि राजनीतिक दल, विभिन्न सङ्घसंस्था, नागरिकको महत्त्वपूर्ण भूमिका हुने बताए।

कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रदेश सरकार प्राणबिहीन ‘डमी’ जस्तो बनेको बताए। उनले प्रदेश सरकारलाई संविधानमा उल्लेख गरिएका अधिकार समेत प्रदान नगरिएको गुनासो गरे। उनले सङ्घीय सरकारले प्रहरी समायोजन ऐनलाई मन्त्रिपरिषद्मा लगेर पारित गर्न अनुरोध गरे। उजले भ्रष्टाचारीको कुनै जात, धर्म नहुने भएकोले सङ्घीय सरकारले अघि बढाएको भ्रष्टाचारीको कारबाही अभियानमा प्रदेश सरकारको साथ रहेको बताए ।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #breaking, #narayankaji shrestha

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट