Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कांग्रेसमा दुईवटा गुट छ भन्ने बनाउँः गगन थापा


काठमाडौं, १८ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रका सबै गुटहरुलाई भत्काउनुपर्ने बताएका छन्।

बिहीबार नेपाल छापाखाना तथा सञ्चार सम्बद्ध श्रमिक संघको आयोजनामा काठमाडौँमा भएको ‘आजको राजनीतिक अवस्था र ट्रेड युनियन’ विषयक विचार गोष्ठीमा बोल्दै महामन्त्री थापाले कांग्रेस पुनर्निर्माणका निम्ति सबै गुटहरुलाई भत्काउनुपर्ने बताएका हुन्।

उनले कांग्रेसलाई सुधार्नका लागि सबै गुटहरु भत्काउनु आवश्यक रहेको बताए। उनले कांग्रेसभित्र अब परिवर्तन चाहने र परिवर्तन रोक्नेहरुबीच दुई गुट मात्रै बनाउनुपर्ने भन्दै विगतका जो कोही दाइहरुको साथ छोड्न आग्रह गरे।

उनले भने, ‘मेरो आग्रह छ, नेपाली कांग्रेसलाई सुधार्ने हो भने कांग्रेसभित्र हामीले भएको गुट सबै भत्काउनुपर्छ। जम्मा कांग्रेसमा दुईवटा गुट छ भन्ने बनाउँ। एउटा गुट कांग्रेसमा परिवर्तन चाहने गुट। एउटा गुट परिवर्तन रोक्ने गुट। यो दाइ, त्यो दाइ सबै छोडिदिनुहोस्।’

महामन्त्री थापाले नागरिकहरु कुशासन, भ्रष्टाचार र बेथितिका कुराहरुबाट आजित रहेको उल्लेख गर्दै कांग्रेसले यी तीन कुराहरुलाई हटाउँछ भन्ने विश्वास दिलाउन सक्नुपर्ने बताए।

उनले कांग्रेसले मानिसहरुलाई भविष्यप्रति आश्वस्त पार्न सकेमा मात्रै नयाँ मानिसहरु पार्टीमा आउने बताए।

 


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #gagan thapa, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट