Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

भारतीय दूतावास अगाडि राप्रपाको विरोध प्रर्दशन


काठमाडौं, १९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले काठमाडौँको लैनचौरस्थित भारतीय दूतावासअगाडि विरोध प्रर्दशन गरेको छ।

भारतको नयाँ संसद् भवनमा नेपालको भूमिसमेत समावेश गरिएको नक्सा राखिएको विरोधमा संगठनले शुक्रबार विरोध प्रर्दशन गरेको हो।

नेपाली भूमि समेटिएको नक्सा भारतको संसद भवनमा राखेपछि त्यसको विरोधमा उत्रिनु परेको संगठनका नेता सुदीप फुयाँलले जानकारी दिए। उनले भारतले आफ्नो नक्साबाट नेपाली भूमि नहटाएसम्म आफूहरुको आन्दोलन नरोकिने चेतावनीसमेत दिए।

विरोध प्रर्दशनमा उत्रिएकाहरुले नेपालमाथि हेपाहा प्रवृत्ति देखाएको भन्दै भारतविरुद्ध नाराबाजी गरेका थिए। उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग नेपाली भूमि फिर्ता लिने विषयमा कुरासमेत नगरेको भन्दै आक्रोश व्यक्त गरेका थिए।

विरोध प्रर्दशनीमा ‘भारतीय विस्तारवाद–मर्दावाद’, ‘भारतीय सेना–लिपुलेक छोड’, ‘गो ब्याक–इन्डिया’, ‘कालापानी–लिपुलेक–लिम्पियाधुरा–हाम्रो हो’ लेखिएका प्लेकार्डहरु पनि प्रर्दशन गरिएको थियो।

 

 


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #birodh pradarshan, #hot, #indian embassy

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट